कसैको जीवन मा मेल खान गएमा संयोग हुनेछ , सम्पुर्ण काल्पनिक पात्र र कथा हो नेपाली समाज का घटना हरु लागि उतार्ने मात्र खोजेको हु | शब्द बनोट मा कमि छ तसर्थ सहयोग गर्दिनु होला भन्ने कामना |
हरि अधिकारी
हाल इजरायल
०८/जुन /२०१० १७:१७ बजे साँझ
मानवको जन्म , मृत्यु भनेका नैसर्गिक अधिकार नै हुन्छन धर्म अनुरुप जाने हरु मा सक्षम हुने हरुका बिभिन्न कर्म गरिन्छ ,साथै यि कर्म भनेका मानव को जीवन लागि एक अध्याय सकेर अर्को अध्याय को न्त सुरुवात गर्नु नै हो एक पछि अर्को र मृत्यु पश्चात समाप्त हुन्छ सम्पुर्ण कर्म हरु |
म १५ बर्ष पुरा भएर १६ बर्ष लाग्दै थिए तर समाज का कुरौटे हरुले फलानाकी छोरी यात्री भएकि छ तर बिबाह किन नगरेको हो के के भनेर बखान गर्दै हिड्न थाले , बाबु आमा लागि आफ्नो सन्तान को अरु ले कुरा गर्दा चित्त दुख्छ , हो छोरी बढी भन्ने थाले केटा को लागि लमी को खोजि गर्दै थिए , त्यसै सिल सिला मा एक जना म भन्दा २३ बर्ष जेठो केटा को कुरा लिगेर आयो , बाबु मा लागि बिभिन्न कुरा देखाएर मख्ख बनाउन सफल भएछ , मेरो त्यो कुरामा जति नै बिरोध हुदा नि सुन्ने कोसिस भएन , बाबु आमा लागि मुटु को कडा झिकेको जस्तो हुन्छ भन्ने नेपाली परम्परा अनुसार सम्झे होलान र मलाई त्यो जेठो केटा सित बिबाहको काम कुरा निष्चित गरे |एक दिन ति केटा तर्फ बाट मलाई हेर्न भनेर हुल बाधेर आए , अनि मलाई आमा ले पानी दिन जाऊ भनेर बाहिर फलैचामा बसेका मान्छे भएका ठाउँमा पठाउनु भयो , म त्यहाँ गएर पानी दिए , कल्से मलाई हेर्यो मैले देखिन तर मलाई हेरे होलान र पो मलाई बिबाह गर्ने भनेर भोलि पल्ट बिहान ९ बजे काम कुरा पक्का गरे , म् दश कक्षा मा अध्यन गर्र्दै थिए ,त्यो दिन देखि त्यो मेरो शिक्षा को काम नै भएन , मेरो बिबाह भयो धार्मिक कर्म अनुरुप , मैले त्यो कर्म लागि बाबु आमा को इज्जत को हिसाब ले मात्र स्वीकारेको थिए , मेरो मनले मानेर थिएन बाध्यतामा | बाबु आमाले आफ्नो इज्जत सित जोडेर हेर्छन नकी छोरी को जीवन को बारेमा , यदि छोरी को जीवन को बारेमा हो भने त्यो म भन्दा जेठो केटा सित बिबाह नै हुदैन थियो , जो दुई दश भन्दा बढी उमेर को छ , विचार नै आकास र पत्ताल को हुन्छ |
नेपाली समाज नै हो छोरीले खुर्सानी खान सक्नी भई अव बिबाह गर्नु पर्छ भन्ने कुसस्कारका सदस्य नै थियो ,त्यहि अनुरुपमा मेरो परिवारका सदस्य मिसिन गएका हुन , यसरि मेरो बिबाह भएको दुई साल नि नपुग्दै मैले यो धर्ति मा एक नव शिसु को जन्म दिन पुगे त्यो दिन देखि म एक बालक को आमा बने र आफ्नो स्तन पान गराउन सक्ने भए त्यो मेरो लागि खुसि को कुरा हो , जुन दुई साल को दुख मा खुसि मिसिन आयो , धेरै खुसि लाग्यो भित्र भित्र आफै देखि .....
यसरि छोरा पनि दुई सालको भयो , बोल्ने हिडे हुदै गर्दा खेरी हामी दुई जना को बेमेल हुन थाल्यो , विचार को अभाव , बेमेल बिबाह को सिकार हुदा खेरी मैले त्यो घर मा बस्न सक्ने परिश्थिती हुन सकेन र मैले विवेक लागि च्यापेर माइत घर लागे |
माइती घरमा नि भाइ बुहारी , आम बाउ बुढा धेरै दिन बस्न सकिन र म काठमान्डौ गएर बस्न थाली , त्यहाँ को महंगी , रोजगार को अभाबले गर्दा खेरी म केटा हरु सित दिन भरि तास खेल्ने साथी बन्न पुगे कुनै एक जना साथी मार्फत र राती कुनै सित जाने गर्थिए उनी हरुको अनुरोध बमोजिम त्यसरी जादामलाई निष्चित कमिसन काटेर ति दिदी ले पैसा दिन्थिन र मैले मेरो गर्जो चलाउने गर्थिए ,यसरि समय सित हिड्न सिक्दा सिक्दै मलाई विदेश जाने चाहना पलाउन थाल्यो , यसै प्रसंगमा एक जना दाइ म्यान पावर सस्था का एजेन्ट रहेछन उन्ले पासपोर्ट बनाएर ल्याउनु म विदेश पठाई दिन्छु भनेर भने त्यस सिल सिला मा घर गएर कुरा गर्दा खेरी श्रीमानको अनुमति पाइएन र मैले धेरै कोसिस गर्दा पनि , नेपाल को सरकार को नियम केटी मानिस विदेश जान्छु भन्दा श्रीमान को स्वीकृति बिना जान नपाउने पासपोर्ट बनाउन अबिबाहित को लागि बाबु आमा वा दाज्यु र बिबाहित को लागि श्रीमान को सहमती पत्र | बडो गजब को नियम , हामी नारी बाधेका भैसी जस्तै छौ |ससुराको दया र माया ले मैले नागरिकता साथै पासपोर्ट बनाउन सफल भएर सम्पुर्ण कागज पत्र बनाउन सहयोग पाई ,यसरि मैले काठमान्डौगएर अनुवाद गर्ने प्रहरी रिपोर्ट बनाएर परराष्ट मन्त्रलय मा गएर प्रमाणित गर्ने सम्पुर्ण गरेर आफ्नो डकुमेन्ट त्यो पहिला भेटेको एजेन्ट लागि दिए , यसरि एक दिन दुई दिन हुदै बर्ष दिन लाग्यो मेरो भिषा आउन को लागि | फेरी भिषा आएसी नि श्रीमान को अनुमति चाहिने रहेछ श्रम बिभाग मा गएर स्वीकृति लिन को लागि , त्यो बेलामा मेरो लागि फेरी पहाड झरेको झैँ भएर आयो , बिभिन्न बहना गर्दा नि मैले सकिन श्रीमान ल्याउन को लागि र मैले झुट कागज बनाएर श्रम बिभाग मा श्रम स्वीकृत लिन सफल भए | आज म विदेश मा छु तर त्यो विदेश आउनु को मुख्य करण भनेको मेरो बाबु आमा को समाज सित को इज्जत जोगाउने चाहना हो भने म भन्दा २३ बर्ष जेठो श्रीमान संग को बेमेल बिबाह पनि हो |मेरो त्यो विवेक बुढी आमा सित होला तर मलाई हरेक पल सम्झेर बस्दो हो तर बेला बेला मा उस्को लागि मैले कल गर्छु यो विदेश को भूमि मा बसेर , उस्को सदै को कुरा हुन्छ तपाई कहिले आउनु हुन्छ ? अरुका ममी हरु त यहि छन नि तपाई किन जानु भएको ? म आफै टोलाउछु अनि फेरी उता बाट विवेक ले मलाई ममी बोल्नुस्न भन्दै कराउछ म झसंग हुन्छु बाध्यता वस विदेश पाइला टेकेको छु , मेरो आमा बाबु को बेठिक निर्णय को बाबजुत बीचैमा मा पढाई छाड्नु पर्नु , श्रीमान सित विचार मा द्वन्दहुनु | भाग्य सित हैन आफ्नो लागि निर्णय लिनेहरुको अज्ञानता हो तर नि म् आझ विदेश बसेर एक सर्को चुरोट र एक बोत्तल बिएर ले मन शान्त पर्दै छु , बेला बेलामा त्यो आफ्नो बाल्य काल लागि सम्झन्छु र टोलाउछु , म सित अब भनेको पछुताउनु भन्दा केहि छैन , हिजो काठमान्डौ बस्नु , आज विदेश बस्नुको मुख्य कारण मेरो बेमेल बिबाह नै हो , तर मलाई जस्तो बिजोग जिन्दगी कसैको नहोस ,
उही पीडाको साथी
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874