Jul 17, 2010

भकुण्डो मेला
सबैको निन्द्रा खायो
गर्मि को बेला ||१

अफ्रिकी देश
महा कुम्भ हुदै छ
सबैको वाह ||२


चिया पसल मा
गफ भकुन्डे हुन्छ
मान्छे को ताती ||३

रेफ्री को मन
खेलाडी को पिडामा
रातो कार्डले ||४

खुट्टा ले हान्ने
भकुण्डो वल लाई
हात ले गोल ||५

हरि अधिकारी
नुवाकोट ,नेपाल
हाल तेलअभिभ/ इजरायल

मेरो संदेश
तेल अभिभ पार्क
ब्यंग अपार ||१

दर्शक भिड
पाहुना खचाखच
कुर्सि बिना ||२


सस्था घुइचो
बिरामी अलपत्र
नमस्ते लिन ||३

घोच पेच छ
सास्कृति साँझमा
तितो नै सत्य ||४

सबै नै भागे
सम्मान खाए पछि
अतिथि हरु ||५

सुनौला लाली
बिहानी हराभरा
दिप को साथ ||१

सुन्दर फुल
सयौ थुँगा कोपिला
वन उजाड ||२

माली को काम
फूलको रक्षा गर्ने
गमला खाली ||३

फुल फुलेछ
मिठो सुगन्ध छर्दै
भवरा दुख ||४

स्वच्छ बगैचा
सुन्दर गुलाफ
काडा नै बैरी ||५

हिमाल हाम्रो
शिर चादी टल्कने
नेपाली शान ||१


मलिलो माटो
कृषि उत्पादनमा
तराइ फाट||२


मेची र काली
हाम्रो सिमा रक्षार्थ
सैन्य कवज ||३

कंचनजंघा
हिमाल को मौनता
अटल बस्दै ||४

सगर माथा
उच्च हिमाल देख्दै
मन लोभिने ||५
कागजी काम
उधारो तमसुक
पछि पछुतो ||१

सहमती मा
नेपाली राजनीति
खाली चेक ||२

आफ्नो कर्तुत
अरुको ढाड सेक्ने
कुरूप पन ||३

खानी कै जस्तो
राष्ट को ढुकुटी मा
नेता तलव ||४

विद्वान बक्ता
संबिधान सभामा
सभा नै सुन्य ||५

मृग कै तृष्णा
खाली कुर्सिकै यात्रा
कुवा बिहीन ||१

ध्वनि बिहीन
निमुखा को आवाज
नेता मसला ||२

कालो चश्मा
सुन्दर आकृति मा
दृश्य बिहीन ||३

खैरो कपाल
सर्बहाराको नेता
बिदेशी तेल ||४

भाषण मिठा
नागरिक समाज
दल मानार्थ ||५

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete