Oct 24, 2011

दाज्यु को बिश्वास

<दाज्यु को बिश्वास e>समाजमा भिन्न भिन्न मानव रहेका हुन्छन् , एक भाई आर्थिक रुपमा सपन्न रहन्छ तर त्यहि आमाको अर्को सन्तान निर्वल रहन्छ आर्थिक | कुनै व्यक्ति सफल रहन उसको दृष्टी कोण स्पष्ट रहनु पर्छ र उसको कार्यविधि एकै रहन पर्छ | आर्थिक सवल रहन खुल्ला दिल पनि धेरै नहुनु पर्ने रहेछ , जुन व्यक्ति आर्थिक कुरामा कठोर हुन्छन उही व्यक्ति सवल रहेको नै देखेको छु , भलै मेरो विचार कमजोर नै किन नहोस ! तर मैले कठोर दिल वाला नै आर्थिक सवल देखे ! एक गाउ त्यहाँ साधारण दम्पती ,उनका चार भाई छोरा र संगै को एक परिवार , जेठो छोरो को हलिमुली व्यवहारमा बाबु सोझा त्यसको फाइदा जेठो छोरोले उठाए साथै दाज्यु माथिको पुर्ण बिश्वास ले गर्दा भाई हरु माथि दाज्युको आर्थिक बलात्कार हुन पुग्यो ! गाउको कुनै व्यक्ति बसाइ सर्यो जग्गा लिनु पर्ने , जसरि पनि पैसा जोहो गर्ने र त्यो पैसा को ब्याज साँवा बुझाउने उर्दी हुने त्यो एकदम सहि नै थियो | जस्ले भाई हरुलाई नै फाइदा हुने थियो , किन भने जग्गा जोडिए देखि सम्पति थपियो दुख गरेर जग्गा जोडे देखि आफ्नै हुने नै थियो | यसै क्रम मा पुतली भन्ने चितवन बसाई सर्ने निश्चित भयो र टी जग्गा कसैले लिने हुन्छ , अनि भाई हर दाज्युलाई कुरा गर्छन यस्तो यस्तो भएको छ कसरि व्यवहार मिलाउने भनेर सल्लाह गर्न पुग्छन , त्यति खेर दाज्यु भनेको एक अभिभावक हुने भन्ने आशमा दज्युक सल्लाह बमोजिम भाई हरु निस्कन्छन र दाज्यु ले भने झैँ गरि ४०० नेपाल रुपिया जम्मा गर्छन र दाज्यु को खोपी जान्छन र त्यो पैसा दिन्छन | भाई हरुको बिश्वास माथि दज्युको आर्थिक बलात्कार सुरु हुन्छ , उनि हरुले दिएको रकम ले जग्गा किनिन्छ तर दाज्यु को आफ्नै नाम जुन दाज्यु तीन भाई लाई छाडेर आफु एकलै दाल भात पकाउन थालि सकेको थियो | त्यसरी छाडेर जाने दाइँ लाई बिश्वास गर्ने भाई हरुओ बिश्वास माथि अन्धो बनाएर एक्लै मालपोत कार्यालय गएर पुतली संग बारी पास गरिन्छ| घर आएर ५ सयमा जग्गा किनेको अरुले थाहा पाउछन भनेर मेरो नाम मा पास गरे अरुलाई नभन्नु नि फेरी बर्वाद हुन्छ , दाज्यु को एक सब्द लाई पुर्ण बिश्वास गर्दै भाई हौ पुर्ण बिश्वास मा हुन्छन | समय फेरिदै जान्छन दाज्यु का छोरा हरु नि आफु संगैका थिए , दाज्यु सग जग्गा कोकुरा गर्न गए भोटे कुकुर छाडे झैँ छोरो हरु लाई भाई पिट्न लगाउने , कयौ पटक काका काकी लाई मुख छाड्न लगाउने | सयौ पटक भाई बुहारी हरु पिटिए , गालीगलौज का सिकार भए तर नि ति निष्ठुरी दाज्युले सदै अनेक बहाना नै बनि रहो | लगभग ४० बर्ष भन्दा माथि नै भए होला | छोरा नाती का निमित्त जसरि नि सम्पति जोड्न पर्छ भन्ने मात्र मन्त्र भएका दाज्यु सग त्यो जग्गा पाउन कयौ गुनासो , पुकार गरे तर ति माया र प्रेम भन्ने नरहेको दाज्यु द्वारा भाई हरु माथि अत्याचार भै नै रहे | गाउ मा बाख्रा ले मकै को पात खाएर झगडा भए पनि मुद्धा मिलुने वकिल जस्तो दाज्यु द्वारा आफ्नै भाई हरु पिडत थिए |र अझै पिडत छन , ............... तीनभाई लाई तीन बहाना नै बनाए .......त्यो बहाना कति स्थानमा काम बन्यो कति स्थानमा बनेन | साइलो भाई लाई अनेक बहाना लगाएर त्यो जग्गा माग्न पाउँने अधिकार बन्देज गर्न सफल भए दुई भाई छोरो भोटे कुकुर जस्ता हरु | माइलो भाई कसैको लिनु दिनु नभएको लाई चाही कसरि फसाउने भन्ने जाल बुन्दै थिए तर सम्भब भएको थिएन |यसै क्रम मा कान्छो लाई चाही आफ्नी माइली छोरी को की रकम लिगेको थाहा पाएर त्यो रकमको बदला मा त्यो जग्गा लिने स्व निर्णय गर्छ दाजु नामको सैतान .............तर त्यै दाज्युले आफ्नैबहिनि को रकम लिगेको हुन्छ त्यो रकम बराबर त्यो खेत बारी साटिन्छ भन्ने एक अर्को नाटक मन्चन गरिन्छन | त्यो जग्गा त्यो बहिनि लाई दिन कुनै छाट काट हुदैन |बहिनि ले धम्की पुर्ण भाषा गरेसी एक अर्को नाटक मन्चन हुन्छ , बल्ल बल्ल १३ आना जग्गा पास गरिन्छन | तर उस्ले पाउन पर्ने वास्तबिक जग्गा भने दिदैन |जुन बहिनि एक वाल बिदुवा थिइन त्यो बिदुवा बापत कान्छो भाई ले मुद्धा गर्दा खेरि प्रतिवादी बन्ने त्यही दाज्यु पैसा भेटी सकेसी लिन लागि अग्रिम पंक्तिमा हुन्छन त्यही दाज्यु तर त्यो रकम को जग्गा दिन मानेन अन्तिम श्वास प्रश्वास रहुन जेल सम्म ति बहिनीको मन मस्तिक मा दाज्यु द्वारा गरिएको घात को सम्झना रही रहन्छ|अन्तिम भेट त्यो दाज्यु सग हुन पनि पाएन .... माइलो भाई माथि एक दुई तीन जसरी नि फासौने नियत थ्यो नै तर मजबुत तरिका भेटेको थिएन र पनि बहाना खोजि गर्न मा गुगल सर्जर भन्दा अग्रिम पंक्तिमा थिए त्यै क्रममा ढकाल संग को कारोबार जोडेर ५०० रुपिया बराबरमा त्यो बारी नदिने प्रपन्च रचिन्छ तर त्यो जग्गामा उम्रेको रुख काटेर लगेको ले गर्दा खेरि भाई ले पाँच सय रुपिया दिन मान्दैन | त्यहि पाँच सयमा लाखौ रुपिया को जग्गा कब्जा हुन्छ | यसरि भाई माथि आर्थिक बलात्कार गर्ने दाज्यु का छोरा द्वारा त्यहि बाबु माथि मनोगत युद्ध गर्छन जस्ले गर्दा कहिले कान्छो छोरो संग छुट्टिएर जेठो सग तर त्यो जेठो छोरो सग नि उही मनोगत युद्ध जारी रह्यो | एक गिलास दुध पिउन अघोसित कर्फ्यु जारि रहो | खाना खाने समय अघोषित भिन्न , संगै कादापी नखाने ........संगै नबस्ने , त्यो एक किसिम ले भाई माथिको बलात्कारको अपराध को सजाय थियो होला | संधै मन संग आन्तरिक चिन्ता थियो र अझै पनि छ | मन शान्ती कदापी छैन ऐले ९० को उमेरमा नि काम नगरी खान पाउनु छैन ..कसरि खोई किन होला? अपराध बापतको पुरस्कार नै त होला नि ....

No comments:

Post a Comment