सुनौला सपना हरु को साथ मा विदेश को यात्रा गरिन्छ तर कति जना सम्पन्न हुन्छन भने कति जना बिचमा नै हराछउन| भन्न सकिन्न सबै जना नै उचाई मा पुग्छन भनेर तर नि मानिस हरु गन्तब्य को खोजि मा लागि रहनु नि पर्दछ| नेपाली समाजमा सरकारी जागिर लागि माथिको पहुच हुनु नै पर्छ योग्यता भएर मात्र हुन्न तसर्थ व्यक्तिगत सस्था हरु मा रोजगारी काठमान्डौ को महंगी कोठा भाडा देखि तरकारी सम्म लागि धौ धौ नै हुन्छ सपना हरु त सदै काख मा नै हराउन पुग्छन|बिदेश को यात्रा हरु सबै रहरको मात्र हुन्न बाध्यता को पनि हुन्छन |
यस्तै क्रममा मलाई पनि विदेश को चक्कर लाग्यो | सधै एरपोर्ट गएको बेला मा नेपालिहरु जति विदेश को लागि हिडेको देखिन्थ्यो ,कोहि सुटकेस लिएर भने कोहि साना झोला बोकेर , कोही खुसि हुदै भने को ही न्याउरो अनुहार लगाउदै | तिनी हरु लागि हेरेर घोरिन्थिए ,सबै नेपाल नै रितिने गरि नै गएको झैँ लाग्दथ्यो |सदै को दृश्य ले मलाई कस्तो कस्तो हुन्थ्यो | अनि फेरी तल गेट नेर आउदा खेरि यसो देब्रे पट्टि को भाग मा कति जना हासी खुसि भएर आउने मान्छेका ब्यग्र प्रतिक्षा मा हुनथ्य| मलाई नि एक दिन अब यसरि नै विदेश गएर बसेर फर्किने चाहना हरु ले सताउन थाल्यो र विदेश कोयात्रा गर्नु पर्यो भनेर एक्लो निर्णय गरे |यसै शिलसिलामा हचुवा को भर जसरि नै मैले बस पार्क गएर बस को टिकट लिए र फर्किए अनेकौ कुरा खेल्दै खेलाउदै , किन जाने होला , यहाँ पनि ठिक नै छ जस्तो अनुभूति गर्दै यसरि नै त्यो रात मेरो बित्यो| बिहान उठेर म हिडे त्रिशुली को यात्रामा जेष्ठ को गर्मि पनि बिहान त्यो ककनी को तातो घाम ले मिठो अनुभूति दिदैथ्यो | मनोरम हिमाल का दृश्यका साथ मा सुर्य का किरण ले मन त्यसै प्रफुलित भएका थिए| आफ्नो जन्म भुमिको यात्रा त्यसै पनि हर्षित हुन्छन | जिल्ला प्रशासन कार्यलय पुगे र कागज हरु आबश्यक पर्ने पेश गरे अनि बेलुका तिन बजे तिर पास पोर्ट बन्यो फेरी अरु कागज हरु पनि बनाउनु थियो गाबिस बाट सचिब लागि भेट्न गएको जिबिस मा त्यहि दिन मा तर मुचुल्का वा अभिभाबक को जरुरत पर्छ भनियो| अनि म त्यो दिन जिल्ला म नै बसी र घर तिर गएर गाबिस सहायक मार्फत मुचुल्का बनाएर ल्याएर दिएको त फेरी सचिब ले के भनेर भन्नु भयो भने देखि नि , तपाई लागि दुख दिएछु , तपाई ले पहिला नै भन्नु पर्दैन त म हिजो नै बनाई दिने थिएनी , बुबा को नाम हेरेर | अचम्म का हुन्छ नेपाल का सरकारी कर्मचारी हरु पनि|
सम्पुर्ण कागज हरु को काम सकिएसी अब कसो गरेर त विदेश जाने, कुन माध्यम प्रयोग गर्ने त भन्दा खेरि , सबै लागि चिन्दा चिन्दै पनि पैसा को कुरो हुदा खेरि त्यति सजिलो हुदैन रहेछ फसिन्छ कि भन्ने पिर हुन्छ तसर्थ चिनेको एक जना दिदी लागि मध्यस्कर्ता बनाए भिसा को लागि र सम्पुर्ण डकुमेन्ट हरु र पैसा दिए किन कि अग्रिम पैसा बिना कसैले नि काम गर्दैन कुन आधर मा विश्वास गर्नु |भिषा लागेको खण्ड मा पैसा दिएन भने त विदेश को एजेन्ट ले त लिन्छ अनि भनेर नै अग्रिम पैसा लिने गरिन्छ भन्ने पुर्ण जानकारी हुदा खेरि नै दिएको थिए | त्यसरी पैसा पुरा दिएको ९० दिन को दिन मा नेपाल बाट प्रस्थान भए | बिचमा भिषा नि छैन पैसा नि छैन भन्ने स्थित समेत आयो अनि मैले ल कि पैसा कि भिषा भनेको एक हप्ता दिन जस्तोमा भिषा भएको थियो | राहदानी मा १३ नोभेम्बर को दिन मा लाग्यो र २२ नोभेम्बर२००६ को दिन मा नेपाल को आकास लागि चुम्दै तत्कालिन शाही नेपाल बायु सेवा निगम भारतीय आकास मा बतियो | रात को समय थियो कहिँ कहिँ बस्ति हरु मा उज्यालो देखिन्थ्यो भने हुस्सु कुहिरो ले समौदै हुन्थ्यो | अगाडी नै थियौ हासी मजाक गर्दै दिल्ली को इन्दिरा गान्धी एपोर्ट झरियो र ट्रान्जिट तर्फ लगियो उज्बेकिस्तान जान को लागि | त्यसै क्रम मा साथी लागि मैले हुन्न त्यो स्थान मा जान भनेर भनेको तर उसको जिद्दी हठ स्वभाब को सजाय मैले नि भोग्नु पर्यो भारतीय प्रहरीको तर तेहा हामि आएको हवाई जहाज को मान्छे ले हेरेको हुदा रहेछन् र मलाई उहाले त्यो प्रहरीको लफडा बाट उमकाउनु भयो र सम्झाउनु भयो किन जानु भएको तपाई हरु को लागि निषेधित थिए भनेर , प्रहरि लागि कुरो मिलाउनु भयो तसर्थ नबुझिकन अरु को स्थान मा बढी बाठो हुनुहुदैन भन्ने कुरो को ज्ञान आर्जन भयो र फेरी अब हामीहरु उज्बिकिस्तान को लागि उडियो र तेहा पनि राती पुगियो त्यस्तै ट्रान्जिट को झन्ट थियो नै तर दिल्ली को अनुभब ले सहयोग गर्यो र चुप लागेर बसियो | फेरी तेहा बाट उडियो बिहान सुर्य का किरण हरुको चमक संगै , त्यस भुमि मा सुर्य का सुनौला किरण हरुले हिउका थुप्रो हरुमा चमक देखिदै थियो अनवरत रुपमा हाम्रो गन्तब्य तिर लम्किदै थियौ | सबै भन्दा अन्तिम मा गयर बसेक थिए एकलै र सबै दृश्य लागि मनोरंजन रुप मा बस्तिहरु बनपाखा हरु खोला नदी हरु लागि नियाल्दै | तर कुन स्थान भनेर भन्ने त कोहि थिएन त्यहाँ तर नि आँखा को लागि मनोरन्जन |यसरि हाम्रो हवाई जहाज बेन्गुरियन एरपोर्ट मा अवतरण भयो | कामदार भिषा मा आउने हरु को लागि अध्यागन को मानिस हरु ले भिन्न कोठामा लगे |त्यहाँ थियौ होला नेपाली मात्र ३०/४० जना हामी हरु | यसरि भिषा लिएर झोला झिक्न जादा खेरि छैन , एक जना दिदी को | यो कुरो भारत हुदा खेरि नै मलाई प्रहरी ले समाउदा सहयोग गर्नु हुने ले भनि सक्नु भएको थियो तर कसको भन्ने चाही थाहा थिएन |हेर्दै जादा जो समुह को नै सोझी उहाको नै झोला छैन ,अनि हामी ले हरायको झोला दाबी गर्ने स्थानमा गएर निबेदन दियौ त्यसको छ महिना को बाबजुत १८० डलर अमेरिकन पाइयो |हाम्रो सामान कति थियो भन्ने कुरो भएन उनी हरुको नै अन्दाजज को भर मा मुल्य तोकेर दिए | त्यति पनि पाइयो भन्ने भयो | तर हाम्रो झोला काठमान्डौ एपोर्ट का मानिस हरु ले नै नपठाएको को रहेछन् यो कुरो भारत मा नै जानकारी दिएको थियो उही तेल अभिभ मा झोला दाबि गर्नु भनेर सिकाईएको थियो|नेपाल को मानव हरु नि अचम्म को छन है |कति गाह्रो भयो त्यो दिदी लागि ब्यबश्था मिलाउन कपडा हरु को भने के कुरा गर्नु | ओह भगवान | साथी भाई ले सहयोग गरेर कपडा किनेर लगाउनु भयो अनि पछि आउने मार्फत परिवार ले कपडा पठाएर पठाई दिए |
म आएसी साथी भाई भेट्ने देखि लिएर घुम फिर मा नै बित्यो भन्दा नि हुन्छ केहि दिन तर कम्पनि ले काम दिने कुरो नै छैन | जस्ले ल्यायो उसले खाना खान को लागि ब्यबस्था पनि गर्दैन | कि भन्नु पर्थ्यो यस्तो यस्तो हो आउदा बस्न खान को लागि पैसा लिएर आइजो भन्नु पर्छ हैन भने दिनु पर्थ्यो त्यो पनि छैन | दुवै कुरो हरु नहुदा पनि मलाई एक जना चिन्नु हुने दिदीले एक महिना दाल भात खुवाएर विदेश को स्थानमा राखनु भयो त्यो ठुल गुण मेरो जीवनमा उहा बाट! काम को खोजि जारी नै छ तर यसै सिलसिला मा लामो समय देखि यहि को नागरिक बनेर बस्नु भएको एक् जना चिनेको साथी भनौ वा दाज्यु भनौ उहाले काम खोज्दिनु भयो र मैले काम सुरु गरे त्यो पनि दुई सय पचास अमेरिकन डलर तिरेर | जस्ले पैसा खायो उसले काम नै दिएन! यहा यो चलन अचम्म को नै रहेछ |जुन काम मा गए त्यो काम फेरी म भन्दा अघि दशौ जना ले नसकेर फर्केका रहेछन तर मैले ८महिना २० दिन गरेर छोडी दिए|त्यसको बाबजुत अर्को काम मा गए जुन काम मा गए त्यो पनि ८ महिना जति नै गरेर सकियो {रोजगारदाता को मृत्य भएको ले}|त्यसको एक महिना को बाबजुत मा अर्को काम भेटि त्यो काम नै आज सम्म चलाउदै छु |
यहाँ को काम को बारे मा नेपाल देखि नै सैदान्तिक ज्ञान हुदा हुदै पनि ब्यबहारिकता मा कठिन हुदो रहेछ भन्ने कुरो जब काममा गएर अनुभब भयो | त्यो मेरो पहिलो अनुभब नै थियो | नया ठाउँ नया काम गर्न सजिलो थिएन |
यसरि हामी ले के चाही बुझ्न जरुरि रहेछ भनेनी विदेश को यात्रा मा कैले नि आफ्नो मानिस छन भनेर विश्वास गर्नु हुन्न | बिदेश को काम सजिलो भनेर आउना ले दुख पाइन्छ भन्ने कुराको अनुभूती भयो र कसै माथि पनि बिश्वास गरेर पैसा दिएर पछुताउनु भन्दा नदिनु नै राम्रो भन्ने कुरा को अनुभूति भयो | विदेश को यात्रा मा सदैब सुरक्षित रुप रहनु पर्दो रहेछ | सहज नहुदा नहुदै पनि नेपाली को बाध्यता भने अवश्य नै हो बिदेशी रोजगारी ! अस्तु
हरी अधिकारी
नुवाकोट , नेपाल
हाल :-तेल अभिभ ,इजरायल
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874