Jul 17, 2010

छोरा छोरी

सानो झुपडी , अनि त्यही झुपडी मा आठ दश जना को परिवार साना तिना भुन्टांग हरु को साथमा कोलाहल आवाज | जादा खेरि नि तिनै हरु रुदै हुन्छन तर त्यो बाबु आमा सदै भरि काम गरि रहेको हुन्छन र ती नानी हरु को लालन पालन को लागि भनेर ती सम्पुर्ण को खाना देखि सर सफाई मा नै ...बिहान उठेसीको खान देखि बेलुका सुत्न जाने बेला सम्म को ती नानि हरुलागि ....

बाबु ले बाहिर खेतीपाती को काम अनि साँझ पख को आगमन संगै घर मा एक रौनक नै छिर्छ र सबैको मुख मा हासो खुसि भित्रिन्छ अनि आमा ले सबै लागि खाना तयार गर्छिन र तयार भएसी सम्पुर्ण लागि अगाउदै मा आमा खुसि हुन्छिन , बचेको केहि छ त्यहि नै उनि को सातु सामाल हुन्छ| यसरि नै ती परिवार मा बर्सौ बितेका छन |जेठो छोरो ठुलो हुन्छ अनि बाबु को मन छोरो को बिबाह गर्न पाएको खण्ड मा के के नै हुन्छ भनेर बिबाह को लागि लमी लगाउछन र हिडेर एक दिन को टाढा को स्थानमा केटीको कुरो न हुन्छ | समाज त्यहि जस्तो होस् भित्रि पाटो तरनि जेठो छोरोको बिबाह मा मन खुलाउन नै पर्यो भनेर नरसिंगे बाजा सनहि को साथमा रमाइलो गर्दै जेठी बुहारी भित्राउछन | केहि समय तेहा ठुलो रौनक नै हुन्छ नया बुहारी ...
अनेक कुरो हरु को ब्यबधान भएर पनि समाल्दै जान्छन तर समय संगै बुहारी र सासु बिच को भना भन छोरो लागि भन्न थालीन तेरी आमा यस्ती बुढी म् त बस्न सक्दिन कि छुटिनु पर्यो हैन भने म जान्छु माइत , आमा ले नि भन्छिन यो बुहारी यस्तो मुखाले सानो कुरो मा झगडालु आदि इत्यादी ,कसो गर्नु भन्दै त्यो छोरो पनि छुटिएर घरको छेउ मा पाली हालेर बस्न थाल्छ तर दुख को कुरो छोरो हो छुटियो खान को लागि छुटिएन् .. खाने बेला हुन्छ संगै आउछ खान्छ मेरी श्रीमती पनी भोकै छ भन्छ खाने कुरो लगेर खुवौछ बुहारी दिन भरि घर मा नै बस्छे एक सिन्को भाच्दीन त्यहि बुढो शरीर घोटिनु छ दिन भरि तर त्यी बुहारी ले भैसी फुकेर जादा पनि हेर्दिन भरे दुध भने सुरुप्प पार्ने को लागि छोरो लागि पठाई हाल्छे ...यस्तै हो भन्यो दिन्छन हुदै जादा नाती को जन्म हुन्छ ती बुढा बुढीको मन खुसि ले गध गध हुन्छ अनि ती बुहारी लागि नि आफ्नै घर मा राख्छन र स्याहार सुसार गर्छन हुदै जान्छ | फेरी बलियो भयो अब निउ खोज्न थाली माले गोरु ले सिघौरी खेले झैँ गरि सासु बुहारी को झगडा अनि फेरी उही कटेरो को सहारा | छोरो बुहारी अनि सानो चिचिलो नाती .. मन नै हो मानिस को बिहान सबेरै उठ्यो दुध पुर्याउन गयो बुहारी बोल्दिन ..टस्क टस्क पर्छे तर नि जान्छन् त्यो नाती लागि भनेर साँव भन्दा ब्याज को माया भने झैँ अनि कुनै बेला बोकेर ल्याउछन | यस्तै हुदै जादा खेरी माइलो छोरो बिष्णु भन्ने को नि बिबाह भयो कुरो त्यहि ... हालत उही हो तर माइलो छोरो बिबाह गर्ने बितिकै विदेश पनि गयो , जाने बेला मा पैसा खोज्न बाबु नै चाहियो अनि कतार गयो जस्तो होस् कामाउन् थाल्यो उता बुहारी भने माइत गएर बसी छोरो कमाउने बुहारी माइत बस्ने ....पछि छोरो आउदा पैसा खोइ भन्दा खोइ खोइ ..... हिस्स बुढी खिस्स दात भने झैँ बुहारी ले दिन्न ...ती बुढा बुढी को हबित गत उही नै.. क्रमस सबै को बिबाह दान भयो बुढा बुढी एकलै बस्नु छ | ती हिजो छोरो छोरी भयो भनेर खुसि हुदा को पल हरु आज सम्झदै ..अनि आफै ले अगेनु मा पानि उमाले मुख मा तातो बनायो भने हो , हैन भने छैन छोरी कुन डाडा पारि हो तर नि मन नै त हो नि छोरा छोरी को नै समझना मा म डुबेका हुन्छन नाती नातिनाको प्यार ममता माभुलेका हुन्छन ती बुढा बुढी मन ..समय गतिसिल छ सबै को उही हो भनेर कसैले नि भन्ने हैन ... बल हुदा खेरि ... बाबु आमा को माया छोरो माथि छोरो को माया बुहारी माथि यस्तै छ ...

हरी अधिकारी
नुवाकोट नेपाल
हाल तेल अभिभ ,इजरायल

No comments:

Post a Comment