२०६२/२०६३ को आन्दोलन मा जुन जनधार प्राप्त थियो जुन आशा को साथ मा सडक गल्लि भरिएका थिए त्यो आफै नै स्वत:फुर्त रुपमा..कसैको अनुरोध मा भन्दा नया सस्कार को प्रवृति होस् र जुन साँघुरो घेरा भित्र जनता लागि राख्ने काम भएको थियो त्यो बाट मुक्ति पाउन को लागि | ज्ञानेन्द्र शाह को जुन निरुकुंस को लागि पाखा लगाउन भनेर जनता आएका थिए तर आज ज्ञानेन्द्र शाह भन्दा पनि महान सामन्ती को उदय हुदैछ यो देशमा र निरुकुंस हरु मौलाएका छन | रुप मात्र परिवर्तन छन तर ब्यबहार उस्तै छ कृयाकलाप त्यहि छन | सत्ता म पुगेसी जति नै समाज बादी होस् उदार बादी होस् तर त्यो एक निर्कुंस नै बन्छ .. २०६५जेष्ठ१४का दिन ,जुन दिन्छु भनेर नेपाली जनता लागि बाचा र बाच्न को साथ मा बोलेको थियो त्यो किन दिन सकिएन ? जनता को सरकार भन्ने मात्र रहेछन गर्ने केहि छैन .. जनता ले के पाए के चाहेका थिए ? जनता ले पाउने भनेको भोग रोग शोक र बेरोजगार नै हो साथ मा मुल्य बृदि |
जनता ले शान्ति र सुव्यबस्था को कामना गर्दै २०६४ को चुनाव मा भाग लिए जुन नेपाली इतिहास मा एक महान कार्यनै थियो | तर जनता को भावना भन्दा पनि जम्बो सदस्य बनाउने काम भयो |आफ्नो स्थान गुम्ने हो की भनेर नै बनाएका हुन सब कुरा जनता ले बुझी सकेका छन | ६०१ जना सभासद को खाचो नै थिएन र छैन पनि|थोरै बाट धेरै काम हुनु पर्थ्यो | ति ६०१ जना सभासद हरु कति जना त नाम मात्र का छन "जे जे पुरेत बाजे सोहि सोहि म" भन्ने हरु छन तिनी हरु को लागि राज्य कोष सक्नु भनेको के हो ? आज देश ले संबिधान बनाउने काम को लागि अर्बौ रकम सक्यो त्यस बाट के प्राप्त भयो ? हात मा लाग्यो सुन्य तसर्थ जुन काम सम्पन्न दुई साल भित्र गर्छु भनेर जिम्मा लिएको थियो सो काम सफल हुन् नसके पछि ति सम्पुर्ण सभासद हरु ले आफुले खाई पाई आएको रकम को बिगो भर्नु पर्छ र हामी जनता ले यिनी हरु को लागि जसरि नै पनि भराउन को लागि अभियान संचालन गर्नु पर्छ |यदि जनता को जनभावना लागि कदर नै गर्ने हो भने र कानुन सम्मत पनि भन्ने हो भने | के कुनै काम जिम्मा गर्छु भनेर जुन जिम्मा लिगेको छ त्यो सम्पन्न हुन् सकेन भने त्यो बापत भएको खर्च बेकार को भएन त ? जनता ले आफ्नो प्रतिनिधि चुन्नु भनेको जनता ले तिरेको कर को सम्पुर्ण भागीदार हुन् भनेर दिएको हैन तसर्थ अब २०६७/०२/१४ का दिन मा संबिधान दिन सकिदैन भने यिनी हरु सम्पुर्ण को बिरुद्ध मा अन्तराष्टिय फौजदारी अदालतमा वा नेपालको अदालत मा लगेर मुद्दा दर्ता गर्नु पर्छ | यिनी हरु लागि यो नै सबै भन्दा उपयुक्त उपाय हो | जनता ले मुक्ति पाउने छन किन की जव यिनी हरु लागि जनता बिरुद्द मा गएको मा मुद्दा हुन्छ अनि नया जनधार नै उपयुक्त हुन्छ कसरि भन्दा खेरि यि जरा कुहिएका हरु को अन्त्य नै युवा जनशक्ति को परिचालन हुन्छ तव चुनाव मा जादा खेरि | यो जम्बो टोलि मा ६०१ नै गल्ति छन भनेर भन्न मिल्दैन किन की यहाँ कति जना छन जो जो पुरेत बाजे सोहि सोहि म भन्ने हरु नै छन तसर्थ तिनी हरु बेकार मा फसियो भन्ने छन त्यति खेर जति खेर जनता ले मुद्दा हाल्ने हो भने | जो गद्दार छन तिनि हरु ले अर्बौ कमाई सकेको छन् यो कुरो प्रष्ट छ भ्रष्टचार मौलायो कसरि भन्दा अस्थिर राजनीति को बाबजुत |
समस्या कहा नेर गएर अड्कियो भन्दा कसैको पनि पुर्ण बहुमत जनता ले दिन सकेन र त्यहाँ एकलौटी सरकार संचालन हुन् सकेन साथै जव सरकार को नेतृत्व गरे त्यति बेला मा जनता प्रति भन्दा दल प्रति बफादार हुन थालियो .. जनता लागि दोर्श्रो दर्जा को नागरिक जति पनि सम्झिएन र आफ्नो परिवार वाद र दल वाद को भलो सोचियो ... जुन नै होस् न् सरकार को बागडोर समाउने हरु तर उनी हरु ले भनेको आफ्नो स्वार्थ लागि माथिल्लो सोच्नु को बाबजुत नै आज नेपाली ले संबिधान पाएन |
माधब कु. नेपाल को सरकार यस्तो हो जुन २१ औशताब्दी को चुनाव को परिपाटी लागि नै चुनौती दिने खालको छ किन की जस्ले चुनाव हारेका छन तिनी हरु मात्र सरकार चलाउदै छन भने के हो प्रजातन्त्र के हो जनता के हो सरकार ? हामी ले बुझ्न सकेको छैनौ |यसले भबिष्य मा ठुलो नजिर बसालेको छ जो जसबाट यो प्रवृति सृजना भए यो महा भुल थियो |आज जनता को बाच्न पाउने अधिअक्र सुनिश्चित छैन नेता र राजनीतक दल अह्रु सत्ता को खेल मा लिप्त छन , सम्पुर्ण दलहरु |कुनै हालत मा आज को सरकार बैधानिक छैन जति नै दल को सहमत हुदा पनि|
आफु मात्रको अस्तित्व खोज्नुको बाबजुत नै समस्या उत्पन्न भएको छ |जव सम्म तिन दल ले एक ले अर्का को अस्तित्व को महत्व बज्दैन तिन दल को नै अन्त्य सुनिस्चित छ |खरायो र कछुवा को दौड जस्तो प्रवृति हुन हुदैन र लिगलिगे को दौड पनि उपयुक्त छैन आज को युग मा |
मेलमिलाप को नै नीति सही र उपयुक्त नीति हो तसर्थ मेलमिलाप लागि अग्र स्थान दिनु पर्ने छ यदि जनता को भावना लागि कदर नै गर्ने हो भने |
अस्तु ...
हरी अधिकारी
नुवाकोट , नेपाल
हाल को बास्थान
तेल अभिभ, इजरायल
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874