Sep 20, 2011
सत्य सत्य हो
हरेक बिचारको अर्थ भिन्न कोण बाट बुझ्न सकिन्छ , शुभ कार्य गर्दा खेरि अशुभ हुन्छ कि भनेर अग्रिम होसियार अपनाउन पर्छ भनेर सोच विचार गर्न गरौँ भनिन्छ, जस्तो घर बनाउनु भनेको बस्न हो तर त्यहाँ दैबिक प्रकोप हुन्छकी भनेर साबधानी अपनाइएको हुन्छ ,कति मित्र हरुलाई आगो लाग्न सक्छ भनेर भन्ने हो भने देखि यह मेरो घर बन्न पाएको चाहिं छैन तैले यस्तो नकारात्मक सोच्न राखने भन्नु कतिको बौदिक पन होला , मैले सोच्दै छु , आगलागी हुन्छ भनेर घर नबनाउने त हैन बनाउने तर साबधानी भने अपनाउन जरुरि पर्छ जस्तो लाग्छ , अपसोच कहिँ कतै भेटिए सकरात्म सोचले अग्रिम सफल हुन सचेत रहनु भनेर गरिएको टिप्पणी संग बैरी जसरि बसियो भने त्यो अहम नै हो, भलै बौद्धिक किन नहुनु , हरेक पटक आक्रमक तरिकाले टि नै शब्द लाई सहयोग लिदै छन कहिँ कतै , म मेरो निर्णय सोच विचार गरेर नै मैले त्यो भनेको बोलेको थिए त्यो यथार्त घटना पनि थियो, आफुले भोगेको तिता मिठा घटना लाई आत्म सक्षि राखेर मैले सुझाब दिएको थिए नकी नकरात्म बिचारले , होला कथित बौद्धिक मित्र हरुलाई मेरो भन्नु केहि पनि छैन , किन भनु भनेर हुने केहि हैन शब्द लाई संकलन गरेर राखनु नै एक उत्तम उपाए हो , तसर्थ दिमागमा रहेका ती एक अनौठो परिधिका अनुभब लाई शब्द मार्फत ओकल्दै छु , म मेरो शब्द निशन्देह बिश्वस्त छु कि त्यो मैले सत्य नै भनेको छु ,
कुनै पिडित लिया सहयोग गर्नु नराम्रो होस् भनेर भन्ने एक एकाध मा मात्र हुन्छन ,
मैले मेरो जीवनमा कदापी दुखि पिडितको सेवा गर्न हुन्न भन्ने सोचको विकास गरेक ओछें र गर्दैन पनि , किन भने मैले जाती जानेको छु बुझेको छु उति नै मैले भन्ने गर्ने तर मैएल जानेको मा गरिव दिन दुखिको धेरै भन्दा धेरै सहयोग गर्नु पर्छ आफुले सकेमा ,
सहयोग गर्ने सोच बिकासको बाबजुत मैले २०६७ साल तिर एक दिन सहयोग संकलन गर्दै हिडेर लगभग एक घन्टाको अबधिमा ५० हजार भन्दा माथि रकम संकलन् गरेको छु त्यो कार्यमा अन्य मित्र हरुको पुर्ण सहयोग लिएर र दिएर नै हो , नुवाकोट जिल्ला निवास हाल काठमान्डौ बस्ने रविन भन्ने रबिन थपलिया को सहयोग को निमित्त तेल अभिभ मा हामीले रकम संकलन गरेका थियौ त्यो रकम हुन्डी मार्फत नेपालमा खातामा जम्मा , गर्ने भन्ने कुरा भएको थियो र त्यहि नै गरियो तर अफसोच एक जना झापा कि सुस्मिता संग्रौला भन्नेको कारणले गर्दा उसको खातामा भनेको दिनमा रकम जम्मा हुन् सकेन उसको किचकिच ले गर्दा हामी हरु अघि बढेनौ रकम संकलन गर्नको निमित्त , आगामी इद्न्मा नि यसरि रकम संकलन गरेर धेरै भन्दा धेरै दिने भन्ने सोच बोकेर हिडेका थियौ | रविनको पैसा प्रतिको मोह , सुश्मिताको अन्तरिक सोचले गर्दा हामी अरु रकम संकलन ं तिर लाग्न सकेनौ ,ती यस्तै घटना नहोस भन्ने अभि प्रायले मैले त्यो दिन ती कुरा अभिव्यक्त गरेका थिए , यी पाच जना अन्धा हरुको निमित रकम संकलन नहोस भन्ने अभिप्रायले ती कुरा व्यक्त भएको हैन हुदैन पनि ,
यतिखेर केहि कथित सामजिक सेवा कर्मी हरुको बिचारमा म असहयोगी भन्ने दरिएको छु यसमा मेरो , कुनै आपति छैन किन भने यहि धर्तिमा यस्ता घटना धेरै दोहोरीका छन दोहोरिने छन , नदोहोरिउन भन्ने खुल्ला हिसाबले सोच विचार गरेको थिएन साथी हरुलाई भएन त्यो उनि हरुको आफ्नो बौद्धिक पना नै थियो , म अझै भन्छु ती अन्धा पाच जनाको निमित्त पचास लाख नेपाली रकम संकलन होस् ,यहि छ मेरो कामना सुखी जीवन जीवन बिताउन सहयोग मिलोस , भगवानले सदा तिनी हरुको रक्षा गरुन , सहयोगी मनहरु माथि खुल्ला हुन् सक्ने शक्ति पशुपति नाथले दिउन ,इजरायलमा हुने सम्पूर्ण नेपाली द्वारा सहयोग रहोस.
हरि अधिकारी
नुवाकोट , नेपाल
हाल :- तेल अभिभ इजरायल
Location:
Laskov 8, Tel Aviv, Israel
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment