Jul 17, 2010

नेपाली छोरा ,
विदेशको बसाई
पैसाको लागि !!१

कर्मको खोजी
अरबी मरुभूमि
साहु को ऋण !!२

सुख को खोजि
दलाल को घुमाई
हाम्रो बिजोग !!३

जय को खोजि
परधाम को यात्रा
स्वर्गको बाटो !!४

बिशुद्ध मन
पवित्रता को लागि
बैरीको सामु !!५
***************

बिदाको दिन
समुन्द्रको यात्रामा
घर को याद !!१

अर्का को देश
रोजगारीको लागी
साहु को ऋण !!२

सेवा नै धर्म
बिदेशको जागीर
स्वार्थ को लागि !!३

सापटी धन
गैर्ही खेत बन्दगी
गरिबिको व्यथा !!४

छोरा को यात्रा
बाबुआमा को चिन्ता
हाम्रो बाध्यता !!५
************

घाम को ताप
रमाइलो छ गफ
बिदेशी पार्क !!१

साझा चौतारी
मिलन केन्द्र बिन्दु
साथी संगी मा !!२

स्वादिलो गफ
भेट हुदा खेरीको
तिम्रो र मेरो !!३

अतृप्त शब्द
मायालु बोलि तिम्रो
सम्झिदा खेरि !!४

यो हाम्रो माया
सदै रहि रहोस
सात नै जन्म!!५
***********

शक्ति को खोजी
मानव को विचार
समाज लागी !!१

धनिको मन
गरीबी को प्राणमा
लुकेको स्वार्थ !!२

कालो बादल
सुकेको खेत लागी
पानी को वर्षा !!३

कालो बहर
कृषक को सम्पति
जोत्न को लागी !!४

असारको मास
हिलो खेतमा रोप्दा
रोपारे खुसि !!५
**********
भिर को बारी
कृषक को चाहना
सुखी जीवन !!१

असार मास
कोदालीको घुमाइ
खेत मा आली !!२

संघर्ष को पेशा
मजदुर को पीडा
जमीन खन्न !!३

बीज को लागी
कृषक समरक्षक
खेत मा रोप्न !!४

हली को काम
गोरु लाई पिटनु
लौरा को नास !!५
************
धर्म को खोजी
देउता को भजन
ब्रतालु लागी ||१

मन्दिर जान्छ
देउता का पुजारी
झिसमिसे मा !!२

देउता भेटी
पुजारी को विचार
आय को स्रोत !!३

घण्ट आवाज
मान्छे मान्छे बिच मा
मुर्ति को खोजि !!४

काला ब्यापारी
मूर्तिको धन्दा गर्छ
मन्दिर खाली !!५
***********

ज्ञान को लाई
पढ्न जान्छ मानव {प + ढ्न }
बुद्धि मा बिर्को ||१

देश बिकाश
खोला का बाटाहरु
बिना पुलका ||२

सडक बाटो ,
गाडी गुडन लाई
ढुंगा को थुप्रो ||६

चालक काम
साधन गुडाउने
भिर मा गाडी ||४

नेता को बोलि
भाषण गर्न लाई
शब्द को खाचो ||५
***********प्रकृति स्वरुप
झकी झकाउ पुष्प
ओइलाएको !!१

सितल हावा
सिरीरी चल्दा खेरि
मन मा आगो !!२

बथान बाघ
जंगलको सुन्दर
सिकारी मार्छ !!३

हिमाली मन
जडिबुटी मा निर्भर
दलाल दाइँ !!४

देशमा नीति
बैज्ञानिक तरिका
पुरानै खेती !!५
***********
त्रिशुली
पत्थर जन्म
गोसाइकुण्ड ताल
सलल बग्ने!!१

चिसो छ पानि
तीर्थ यात्री जान्छन
धर्म को लागी ||२

माच्छा प्रख्यात
मिठो स्वादको लागी
त्रिशुली नदी !!३

बिहानै जान्छ
माझी दाई बगर
चिसो नभनी ||४

डोरी को लरी*
त्यो संगलो दह मा
माच्छा को बध ||५

हिउद याम
बेईलम को लागी
पैसा को चाजो ||६
**********

भदौ को मास
बस्ति का धारा हरु
पानी बिनाका ||१

बिद्यालय मा
शिक्षित अध्यापक
बिद्यार्थी फेल ||२

भिरालो बाटो
लंगडोको सहारा
लौरो बिनाको ||३

रोपाई दिन
गैर्ही खेतमा गोरु
हली नै छैन ||४

परिक्षा दिन
बिद्यार्थी को दिमाग
फिल्म हल मा ||५
************

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete