बहर गोरु पाल्न को रहरले बहर किनेर ल्यायर पालेको एक बर्ष मा त गाऊ भरिकै कराउने र जुध्ने मा कहलिन्छ भनेर , आफु ले खाई नखाई , सक्दो पिठो ढुटो देखि खुवायर पालेको , जव त्यो मङ्सिर मा गोरु{बहर} लागि धान खेतमा जुदाउने कत्रो धोको थियो पल्ला घरेको गोरु सित तर कहा आफु ले नै फुकाल्न नसकने पो भएर आएछ, सदै तल्ला घरे दाइ लागि बोलाउन पर्छ , उ आए त तह लाग्छ हैन भने घर को कसै लागि नि टेर्दैन , फ्वा फ्वा गरे पोरा फुलाएर कुर्लिन्छ , जव दाइ आउनु हुन्छ के भयो -- के भयो भन्दै अनि चुप लाग्छ सदै को हालत , किन होला भनेर म सदै पिरोलिने गर्थिए , दाइ त आर्मी पनि हो क्यारे , त्यहि भएर गोरु ले चिनेको होला ,आज सम्म नि त्यो माले गोरु को हकार भुलेको छैन मैले , कुनै दिन दाइ आउनु भएन भने मेरो गोठालो जाने सपना त्यतिकै सपना नै हुन्थ्यो , त्यो साल घारी को रमाइलो परि पटि को घमाइलो हेर्ने धोको धोको नै हुन्थ्यो भने त्यो माले गोरु पनि कराउदै कराउदै मा थाकेर चुप लागेर बस्थ्यो , भोलि आइतबार हुन्थ्यो म जान पाउदैन थिए | फेरी सुक्र बार को प्रतिक्षा को खोजि मा हुन्थिए , एक बजे को छुटी पश्चात फेरी दाइ को नै खोजि , बा आमा कसैले नि फुकाउन नसक्ने , दाइ घट्ट वा बजार गएको दिन काम नै छैन , हली खेत मा आएर चुरोट तानेर बस्छ तर दाई नभए त्यतिकै पैसा को नास हुन्छ किन की गोरु कसैले फुकाउन सक्दैन अनि कसो गर्नु , यस्तो धेरै चोटी भएसी हामी ले त्यो गोरु पर गाउको राईटे माइलो लागि उधारो मा बेचेको तर उसले पछि हान्ने गोरु को पैसा दिन्न भनेर लाग्यो सित्तै मा |न हामि सित गोरु भयो न हामि सित चामल पिठो भयो व्याकर को त्यो कराउने बहर गोरु ले खायो , न मेरो गोरु जुधाउने सपना पुरा भयो त्यो माले गोरु बाट , न राउटे ले पैसा नै दियो बरु माली बाच्ची किनेर ल्याएको भए दुध भने पनि खान पाइन्थ्यो होला र बुढा गोरु ले खेत जोत्ने थियो होला न खेत जोतिए , न घर गोरु छन , खाली छन किला , बरु अव नेपाली को नि हालत मेरो जस्तै हुनेछन , न गोरु , न पिठो , न गोरु जुधाउने सपना पुरा..सबै भ्रम नै होला .
एक बहर गोरु पाल्ने हो भने खेत जोत्न हुन्छ कोरली बाच्छी लागि स्याहार्ने हो भने केहि बर्ष मा दुध दिन्छ तर हाम्रो देश का साढे हरु ले केहि पनि नदिने पो भए है ! २०६२/६३ को आन्दोलन मा भनेको कुरो हो अव भनेको राजतन्त्र को अन्त्य अनि संबिधान सभा देश त सिङ्गापुर , वा सिङ्गापुर हैन झिन्गापुर चाही अवस्य नै हो !संबिधान बनाउन को लागि ६०१ बहर गोरु, संबिधान बनाउन छैन सुरु ..यि बहर हरु लागि जनता ले खुवाएको पिठो ढुटो खोइ , अब की त्यो राइटे माइलो ले झैँ गोरु झ्वाम्म हो सभा सद बहर गोरु हरु ले ?हैन भने किन संबिधान दिन सकेन ? जनता को ढुटो पिठो फिर्ता दिनु पर्छ |
अस्तु
हरि अधिकारी
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874