Jul 17, 2010

इजरायलमा नेपालीहरूका कथा ब्यथा

आज हामी बिदेशको भुमि किन छौँ त ? यश्को उत्तर सबै नेपालीहरू संग एउटै मात्र छ जुन कि रोजगारीका अबशर नपाउनु स्वच्छ र इमान्दारी तथा कर्तब्यपरायण राजनैतिक नेताको कमि र सासकको मनपरिले गर्दाखेरि हो, हिजो राजाको होस वा बहुदलबादिको होस वा नया उदयबान को नै होस स्यालको सिनु चोरि खाने खेल नै भयो तर तिनिहरुले कतै हम्रो भबिश्यको लागि सोचेनन् । सक्षम सासक भएको देशमा बिकाश हुन्छ। देश र राजनितिक एक परिपुरक शब्दहरू हुन तर उक्त शब्दहरूलाइ नेताहरूले गलत अर्थ्याउनाले नेपाली जनतालाइ दुःख भएकॊ छ । हेर्नुस अमेरिका , बेलयात र जर्मन जस्ता देशमा सासकको सक्षमता र सहि कामले नै त आज उनिहरु बिश्व हाँकेर बसेका छनि हैन त ? तर हामिमा त्यो कमि छ ,नाताबाद,कृपाबाद र चागडी चाप्लुसीका परम्परा यस नया सरकारले झन बढि देखाएको छ। तसर्थ नेपाली दक्ष जनशक्तीहरू बिदेशिनु परेका छन् हामी बिदेशी भुमिको कामदार हुनु परेकाले गर्ब गरुकि के भनौँ अत्याधिक मात्रामा नेपालमा रेमिटेन्स त पठाइ रहेका छौँ तर हमिले देशका नेता को हैन आफ्नो मेहनत कार्य र भबिश्यलाइ माया गर्नु ठिक होला। यदि देशमा यॊग्यतानुशार रोजगार पाएको भए हामि आफ्नो प्यारो बच्चाहरूलाइ आफ्नै काखमा लिएर स्वदेशमै बस्ने थियौ होला। आज तपाइ, हामि र म यो इजरायलको भुमिमा छौ तसर्थ मेहनत, कार्यदक्षतामा जोड दिने काम गरौँ यहि नै प्रथम कर्तब्य समेत हॊ ।

यो हाम्रो पेशा के हो भनेर बुझ्नु पर्छ! आनि मात्र हामिले काम लाई सहि रुपमा अगि बढाउन सकिन्छ। इजरायलको काममा रोजगरदाताको सहि बिचार र उनिहरूका भावनालाइ चिन्न नपाएर नि हामिले दुःख पाएका छौँ । कति हाम्रा चेलिहरुले नियमानुशार तलब,भत्ता ,सुबिधाहरू नपाएका सुनेको र देखेको छु तेश्मा न कि दलालहरू नै बोल्छ नकि रोजगरदाता संस्थाहरूनै बॊल्छन् यहाँ त नेपालबाट मान्छेहरू इजरायलको बेन गुरियन एअरपॊर्ट झार्ने र तेल अभिबको अपार्ट देखाउने काममात्र गर्नाले नि दुःख पाइरहेका छन। आज हेर्नुस् प्राय: अपार्टमेन्टमा रॊजगार नपाएर बसेका टन्न नेपालीहरू देखनु हुन्छ तिनिहरूकॊ जिम्माकस्ले लिन्छ न यो नेपालि दलालले , न कि इजरायलमा बसेका नेपालि डलर च्याप्ने (एजेन्सी) कारखनाहरुले नै, तलब समेत खाने नेपलि दलालहरुको बिगबिगि छ इजरायलभरी बिचरा नेपालीहरू बाँच्नकालागी बिना तलब काम गर्नेहरू समेत छन् अततः के गरून ?त्यती चर्का ब्याजदरमा रकम लिइ नेपाली म्यानपावर वा दलालहरूलाइ बुझाएका हुन्छन् बाध्यता ,परीबन्धले बाँधिएका छन् अहिले तलब नपाए नि खान र बाँच्नका लागी भे नि काम त गर्नै पर्छ अलि पुराना भएर भाषा ,काम जानेपछि त सबै सुबिधा पाइएला नि भन्ने आशाबादि छन् ति बिचरा नेपालीहरू.......................

हामिमा इजरायलकॊ कामकॊ बास्तबिक्ता थाहा नभएर र कार्य दक्षताका कमिले नि काममा समस्या आयको छ , सयाद यहिनै जढ होकि। त्यो हो भने के गर्ने त? तेश्को लागि यो भित्रको वास्तबिक्ता लाई केलाउने अनि त्यो भित्रको चुरो पता लगाउने तरिकालगि हमिले सक्दो प्रयश गर्नु पर्छ।जब हामिलाइ पुर्ण ज्ञान हुदैन् तब सम्म हमिलाई यो काम बाट आत्म सन्तुस्टि मिल्दैन,तेस्ले गर्दा हामिले धैर्यताको जरुरि आउछ सथमा आत्म बिश्वाशको दरो खाँचो हुन्छ, आत्मबिश्वाश र धैर्यधारणा गर्नु नै इजरायलमा केयरगीभरका रूपमा काम गर्नेहरूका लागी मूलमन्त्र समेत मान्नुपर्छ, जब सम्म म यो काम गर्न सक्छु भन्ने आँट हुदैन तब सम्म काम सजिलो हुदैन। जब कामको लेखा जोखा राखिन्न तब सम्म कामले तपाईलगि पिछा गर्दैन। जब तपाइ कामलागि माया गर्नु हुन्छ तब उस्ले तपाइलगि माया गर्नेछ। इजरायलको काम अति नै सजिलो रुपमा लिएर आउनुको प्रमुख करणले नै आज हामि दुखको भब सगरमा फसेको अनुभब गरेका हो कि त भन्ने जस्तो मेरो एक अनुभब हो, अर्को मेरा अनुभबका रूपमा जुन सुकै पनि दलालको काम गर्नु त झन महान झन्झटको जड हो। जस्तो एक ब्यक्तिले नेपाल भिशा पठाउछ अनि त्यो आउने चाहि लाई केहि नै ज्ञान हुदैन् पढेकोछ तर यो बारेम हैननि त त्यो त राजाको पुस्ता कति भयो र को कबिले के लेखे ,यस्तै, उस्तै भनेर पढेको न हो ,इजरायलमा खास के काम गर्ने भनेर त कमैले पढेर र तालिम गरेका हुन्छन् ।

केयरगीभर कामकॊलागी मूख्यतः श्याहार सुसार कसरि गर्ने भनेर ज्ञान हुनु अति जरुरतछ।जस्तो अन्धोको लगि कसरि हेर्नु पर्छ ,सधैनै बिर्सने सित कसरि बोल्ने त तेस्तइ अपाङ लाइ कसरि हेर्नु पर्छ, बुढा ,बढि र बिरामि लाइ कस्तो ब्याबहार देखाउनु पर्छ। साना नानि हेर्नु छ भने कसरि कस्तो सिपको जरुरिहुन्छ त्यो पनि जान्नु पर्छ जस्तो अबिबहितलाइ बच्चा हेर्ने काम भन्दा अरुनै सुहौलनि त हैन? यसमा हमिले अफुलाइ नियन्त्रण गर्नु पर्छ निस्चिन्ता हुनु पर्छ। कामको बर्गिकरण हुनु जरुरि छ।कामको बर्गिकरण कस्ले गर्ने त भन्दा रोजगार दाता सन्स्थाले गर्नु पर्यो नि। क्यन्सरको बिरमिलाइ कसरि हेर्ने त? पागाल बिरमि हुन्छनि तेस्लाइ नि हेर्नु पर्छ ?

तसर्थ जो नेपालिहरू बिदेश जदैछन् उनिहरूलाइ परदेशमा गर्ने कामको प्रकृति ज्ञान हुनु पर्छ। नेपालमा मानबको दलाल सन्स्थाहरुले सहि र ठिक सत्य , स्पष्ट , भनि दिनु पर्यो नि हैन ? जब जनतालाइ अन्यौलमा राखेर बिदेश पठाइन्छ तब त्यहाँ अनगिन्ति समस्या आउछन्। अर्को तिर नेपालि जनताले नि आफु जान लागेको कामको बरेमा जान्ने जरुरिता छ नि। दलाल ले जे भन्छन् तेहिनै ठिक हो भनेर आउनु गलत छदैछ। इजरायलको काममा मूख्य जरुरि त के हो भने शिपमा कमि हुनु साथै भाषाको कमि हुनु, ज्ञानको कमि हुनु ,धैर्यता र सहनशक्तीम कमी हुनु ,इजरायलको काममा खानाको प्रमुख बधा छ। नेपालिलाइ मात्र हैन यो बाधा जुनै बिदेशिको लागि पनि हो । अर्को इजरायलको काममा बाधा भनेको अल्छिपना पनि बधा छ, काममा अग्रसरता नदेखौनु। कति चेलि बेटिहरु, दिदि बहिनि हरु तेल्-अभिको रमझमम रमेर घुमेर साथै मोजमस्तिले नि दुख पाएकाछन।जुनकि अति नकरत्मक सोचले गर्दानै हो, तेस्को नरम्रो असर लगानि कर्ता र घर परीवारका लागि पर्न जान्छ तसर्थ म के भन्छु भने देखि काम गारो होइन बरु शिप भाषा ज्ञान , आत्मबिस्वस प्रतिज्ञा जस्ता कुरोको कमि हुनु नै काममा गारो हुनु हो जसरि तपाइ बिदेश आउनुमा हतार हुनु भाको थियो तेसरि नै तत्पर्यता देखायर काम गर्नु पर्यो नि तर यो पनि हो कि दलालि नेपालीसाथि हरुको पैसf कमाउने तिब्र चाहना पनि एक समस्या हो। सfथमा अर्को समस्या भनेको हामि हरुमा परिवर प्रतिको जिम्मेवरिमा भाग्ने खोज्ने प्रबृति नि ठूलो समस्या हो जस्तो लगेकोछ मतलब मेरो भुतकाल र वास्तबिकता के हो भन्ने नबुझनु नै नि समश्याले गाँझेको छ , जब मेरो घरमा छोर छोरि छन भन्ने हुनु पर्ने तर बिर्सेर बसेका छौ नि हैन् त?? चहिने भन्दा बदि फजुल काममा जनुहुदैन भन्ने सोचनु पर्छ तर हमिमा कमि भको मैले महशुस गरेकोछु वा देखेकोछु।जो बिबाहिता छे वा छ उस्को कर्तब्य भनेको परिवारको जिम्मेवारिता नि हो नि । सधै हमि भाग्ने होइन् त यहि को भुमिमा,तेस् करणले गर्दा खेरि वासतबिकताम रहेर बश्नु नि हाम्रो मुल्यवान जिबन हो नित् त्यस अर्थमा म के भन्छु भने हिजोलाई नि हेर्नेकि वा भोलि इजरायलको फिर्ति पछिको समयलाइ कसरी उपलब्धिमूलक बनाउने त। घरमा भन्दा मोज मस्ति लाइ हैन् वस्तबिक् जिबनमा जिउनु नै ठीक हो नि , आज् ६० -७० हजारलाइ हैन् भोलिको १०हजरको नि माया गर्ने प्रबृति हुनु जरुरि छ जस्तो लग्छ, आज सेकेल ,अग्रुथ समेत बचाएर लगे नै हाम्रा भबिश्य सुनिश्चीत हुनेछन् साथै इजरायलमा एक रात डीस्कॊमा गएर खर्च गर्ने रकमले नेपालका ४ जना भएकॊ परिवारलाइ एक दिन टन्न खाना खान पुग्छ भन्ने कुरा कहिले नबिर्सौँ ,समयमा कमाएर जमाउन सकेन भने भबिश्यमा पश्चाप मात्र गरेर के गर्ने ? यसर्थ समयमा नै सबैलाइ सुधारचेतना हवस ।

यो मेरो लेख
http://www.nnchautari.com/
http://www.dcnepal.net/
मा प्रकाशित भयका थिय |
हरी अधिकारी
नुवाकोट , नेपाल
हाल इजरायल तेल अभिभ

No comments:

Post a Comment