Jul 17, 2010

यसरि बिताइंछ नेपालीले हप्ता हरु इजरायल मा ......

मानब सभ्यताको विकास संगै मनिष हरु श्रम को खोजीमा हिड्न थाले | श्रम लागि बेच्न थालियो | यसरि श्रम बेच्न क्र्म मा एक टोल टोल हुदै गाउ गाउ हुदै देश अनि आज हामी विदेश मा श्रम बेच्न हिड्ने भयको छौ | एक महा देश देखि अर्को महा देश सम्म जाने भयका छौ | यसरि जाने सिल सिला मा आज हामी गल्फ खाडी हरु मा बिभिन्न प्रकार को काम दार हरु भयका छौ | यस्तै एक देश इजरायल मा आज लग भग १० १५ हजार नेपाली छौ | जुन ९० -९५% श्याहर सुसारेको कम गर्दछौ तेस बापत को पारिश्रमिक लिन्छौ जुन नेपाल को हिसाबले चित बुझ्दो नै छ | अनि नगन्य मात्रा मा खेतीमा कम गर्ने काम दार हरु छन् भने होटेल मजदुर यकिन छैन |
यहाँ भय का काम दार हरु को काम सम्झदा सजिलो छ भने देखि भित्र अलि कति गार्हा कम हरु पनि छन् | जुन उचाल्नु पर्ने कम हरु लागि गार्हो नै भन्नु पर्छ | कति यति सजिलो कि केहि नि गर्नु पर्दैन सब कम हरु उसले नै गर्छ आफु मात्र साथी को रुप मा बस्ने |
हामी हरु बिहान उठ्ने अनि बुडा बुडी हरु लागि उठाउने दिशा पिसाब गरौँ लगिदिने , नुहाउने कपडा फेरी दिने , खाना खान दिने वा खुवाउने | साथै आफु ले नि आफ्नो कार्य गर्ने र अब बुढा या बुढी जान मान्छ वा लान सकिन्छ भने देखि पार्क मा घुमाउन लाने काम हरु गर्ने | दुइ तिन घण्टा पार्क को बसाई ले अर्को रौनक दिन्छ जुन कि साथी भाई भेट्न दुख सुख को कुरो गर्ने हुन्छ नेपालि होस् या फिलिपिन अन्य देश को नै किन नहोस तिनी हरु सित बसिन्छ अनि बुदा बुढी हरु लागि नि तेस्तै बुढा बुढी संग राखेर फुलाइंछ , घुमैन्छ अनि तेही रमाइलो संगै छुटिन्छ साथी भाई सित बाट भोलि भेटिने आशा मा | अनि घर गयो आफ्नो रोजगार दाता लागि खाना खान दिने हो या खुवाउने हो दियसी आफुले नि खायो र सफा सुग्घर गर्यो ,बिहान नै आफ्नो र रोजगारदाताको खान तयारी हुन्छ वा बाहिर बाट आउने हो वा आफुले ठिक पार्ने हो | खान खायर आराम गर्न गइन्छ आफ्नो आफ्नो कोठा तिर अथवा भारतीय जी टिभी हेर्ने काम गरिन्छ सेरियल हरु .......या नेट हुनेले आफ्नो साथी भाई परिवार सित कुरो गरिन्छ | अनि आराम गरेर उठ्ने बेला भयासी बुदा वा बुढी लैग उठ्यार राखिन्छ टिभी कोठामा वा खाने हो भने कफी वा चिया पिउन दिइन्छ | केहि बेरको पछी बेलुका को खान खायर फेरी टिभी हेर्ने हो या बुढा बुढी सुत्ने हो सुत्न जान्छन |तेस पछि आफु एक्लै हुइन्छ र तेही टिभी सेरियल तिर हो कि भय नेट तिर हो लगिन्छ , अनि यस्ता नि कम हरु हुन्छन यहाँ को जुन कि रात भरि सुत्न नदिने बुढा बुढी हरु जुन कराएको करै गर्ने र दिन भरि सुत्ने | सबै काम हरु एकै हुदैन ...कति बुढा बुढी हरु पागल हुन्छ तिनी हरु हेर्न को लागि तेती नै गार्हो हुन्छ भने देखि सदै भरि बिर्सने अल्सैमर रोग लागेको लागि त भनेको भनेई हुनु पर्छ तेस्को दिमाग खराब नै बनाएको हुन्छ , हेर्दा सजिलो हुन्छ हिड्छ बोल्छ आफ्नो काम आफु ले नै गर्छ दिश पिसाब गर्ने देखि लियर सब काम तर बोलेको बोलेई नै हो | यस्ता काम हरु हुन्छ नेपाल मा हुदा खेरि सजिलो लागेको हुन्छ तर यहाँ आयर भिजेसी मात्र थाहा हुन्छ कस्तो भनेर | जे होस् काम को बारेमा जानेसी त सजिलो नै हुन्छ ........यसमा प्रत्यक हप्ता सुपर जाने किनमेल गर्नको लागि र बुढा बुढीको लागि स्वास्थ्य चौकी लाने गर्ने गर्नु नि पर्छ बेला बेलामा कति जनाले | कतिको उनीहरुले नै लान्छन तेस्मा जानु परेन...कति साथी हरु को रोजगार दाताको परिवार किचकिचे हुन्छन अनि तेती खेर नि गार्हो हुन्छ यसरि बिहान आइतबार देखि सुक्रबार दिउसो दुइ तिन बजे सम्म यसरि काम गरेसी बिदा हुन्छ र लगिन्छ आफ्नो साथी भाई भेट्न को लागि तेल अभिभ /हाइफा/ नारिया/ आस्खलोन/, जेरुशालेम जस्ता शहर हरुमा नेपाली लगायत अन्य देशका मानिस हरुका अपार्टमेन्ट हुन्छ र तेहा मिलेर बसिन्छ २४ देखि ३० घण्टा | तेश समयमा नेपाल फोन गर्ने साथी भाई सित घुम्न जाने | मासिक तलब घर पठाउने |अपार्टमेन्ट बसेर नेपाली दाल भात खाने गफ गर्ने हप्ता भरिको दुख सुखका र नेपाली गीत हरु बजाउने सुन्ने .रमाइलो गर्ने गरिन्छ | को हि डिस्को जाने को हि के गर्ने गरिन्छ यस्तै सुक्रबार र सनिबार धेरै जम्मा हुने भनेको यहाको प्रख्यात पार्क लेभिन्सकी पार्क जहाँ सम्पूर्ण नेपाली हरु नै भेला हुन्छन भन्दा नि हुन्छ र भेट्न थलो नै यहि हो जुन कि यहाँ को केन्द्रीय बस पार्क देखि नजिक छ | तेस्ले गर्दा खेरि जहाँ जान र आउन को लागि नि सजिलो हुने भयको ले गर्दा खेरि नि हो र सबै अपार्टमेन्ट हरु नि यसैको आस पासमा छन | तसर्थ यहाँ जादा खेरि नेपाल को असन बजार को झल्को दिन्छ चाड पर्ब मुखमा जादाकोखेरि को | भरि भराउने हुन्छन नेपाली नेपाली मय हुन्छन तेती खेर .............कोहि पैसाको हुण्डी गरेका हुन्छन को हि के के यस्तै हुन्छ यो पार्क मा | सबको जमघटको थलो नै लेभिन्सकी पार्क | नेपाली मुद्दा मामिला मिलाउने देखि झगडा गर्ने स्थान पनि यहि हो ...........सुक्रबार बेलुका देखि सनिबार बेलुका सम्म यहाँ बस हरु चल्दैन . अनि सनिबार बेलुका बस खुल्ने समय हुन्छ तत् पश्चात सब जना आफ्नो आफ्नो काम तिर लाग्छन र उही दिन चर्या सुरु हुन्छन...... ........... अर्को सुक्र बारको प्रतिक्ष्या हुन्छ |यस्तै बिदा नभय को काम हरु पनि हुन्छन जसमा बिदा मा नगयाको बापत थप पारिश्रमिक दिन्छन भने कति यस्ता नेपाली हरु पनि छन जुन बिना पारिश्रमिक नि तेही बस्दिने गर्छन किन कि जादा खेरि खर्छ हुन्छ भनेर प्रत्यक हप्ता को लागि खर्छ गर्न भनेर सय सेकेल दियको हुन्छ थप तलब बाहेक को तैपनि खर्च को बचावाट. जेहोस सुखद सुक्रबार रमाइलो नै हुन्छ ........
उही प्रदेशी
हरि
नुवाकोट , नेपाल
हाल :- तेल अभिभ इजरायल

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete